भारतका पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको कोरोनाका कारण मृत्यु
एजेन्सी-भारतको राष्ट्रिय लोकदल (आरएलडी) का प्रमुख र पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको बिहिबार बिहान निधन भएको छ । ८२ वर्षका चौधरी अजित सिंहले गुडगावको एक नीजि अस्पतालमा निधन भएको हो ।
उहाँ २० अप्रिलदेखि कोरोनाद्वारा संक्रमित हुुनुु भएको थियो । फोक्सोमा संक्रमण भएका कारण उहाँलाई निमोनिया भएको थियो । पछिल्लो दुई दिनदेखि उनको स्थिति गम्भीर थियो ।उहाँका छोरा चौधरी जयंत सिंहले सोसल मिडियामा यसको जानकारी दिनुभयो ।
अजित सिंहको दबदबा पश्चिमी उत्तर प्रदेशमा निकै धेरै थियो । उहाँजाट समुदायका ठूला नेता मानिनुहुन्थ्यो । उहाँ थुप्रै पटक केन्द्रीय मन्त्री पनि रहनुभएको थियो । तर पछिल्लो २ लोकसभा चुनाव र २ विधानसभा चुनावका बेला राष्ट्रिय लोकदलको ग्राफ तीब्र रुपमा खस्कियो । यसै कारण अजितले लोकसभा चुनाव हार्नु भएको थियो । अजित सिंहका छोरा जयन्त चौधरीले पनि मथुरा लोकसभा सिटबाट चुनाव हार्नु भएको थियो ।