प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण
काठमाडौं – प्रतिनिधिसभाका थप चार सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरीलाई संक्रमण भएको छ ।
संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारीका लागि बुधबार सांसदहरूको कोभिड १९ संक्रमणको परीक्षणका लागि स्वाब संकलन गरेको थियो। स्वाब दिनका लागि प्रतिनिधिसभा सचिवालयको लोत्से हल पुगेर सांसदहरूले दिएको स्वाबको आज नतिजा आएको हो।
आज बिहीबार पनि अन्तर्राष्ट्रिय सम्मेन केन्द्र नयाँ बानेश्वरमा कार्यरत कर्मचारीहरू, मर्यादापालकहरू, संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिवलगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाब संकलन भइरहेको छ।सरकारले विश्वासको मत लिने प्रयोजनका लागि मात्रै वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएको छ।