Connect with us
Kapilvast Forest

ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भयो :भीम रावल

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

bhim.jpg

काठमाडौं-एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर घृणित राजनीति गरेको बताउनुभएको छ ।

बिहीबार बिहान ट्वीटमार्फत नेता रावलले एमालेका आफ्नै सांसदलाई कारवाही गरेर विपक्षी दलसँग समर्थन गर्न अनुनय विनय गर्नु ओलीको अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठाका रुपमा टिप्पणी गर्नुृ भएको छ ।

‘प्रम केपीले दलमा विधान मिच्दै निरंकुश रूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु,कारबाही गर्नु र कुनै छलफल–परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो’ उहाँले भन्नु भउको छ , ‘यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu