Connect with us
Kapilvast Forest

आकस्मिक स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

oli & bidya

काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएको छ।प्रधानमन्त्री निवास बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको छ । झण्डै १ घण्टा बसेको स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितल निवास गएका हुन्। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओली शितल निवास गएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।

यस्तै आगामी जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनको उम्मेदवार टुंगो लगाउन बसेको बैठक अनिर्णित बनेको छ। बैठक उपनिर्वाचनमा एमाले उम्मेदवारको जित सुनिश्चित हुने गरी विभिन्न तहमा छलफल गर्ने निष्कर्षमा पुगे पनि उम्मेदवार तोक्ने विषयमा अनिर्णित बनेको हो।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठकमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारलाई जिताउन विभिन्न तहमा छलफल गर्ने निर्णय भएको जानकारी दिँदै अर्को बैठकले उम्मेदवार टुंगो लगाउने बताउनुभयो। यसअघि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बागमती प्रदेशको राष्ट्रियसभा उप निर्वाचनमा रामबहादुर थापा बादल नै पार्टीको आधिकारिक उम्मेदवार हुने बताउनुभउको थियो ।

यस्तै बैठकमा प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा पनि छलफल भएको ज्ञवालीले बताउनुभयो । ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने गरी अहिले भइरहेका छलफललाई पनि निरन्तरता दिनेबारे निर्णय भएको छ’ ज्ञवालीले भन्नुभयो ।

जेठ १७ गते लुम्बिनी प्रदेशमा हुने उपनिर्वाचनमा लागि उम्मेदवार तय गर्ने विषयमा भने आजको बैठकमा छलफल नभएको परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu