गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं- गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित ‘काठमाडौं न्यूरो एन्ड डेन्टल अस्पताल’मा निधन भएको हो ।छातीमा समस्या देखिएपछि केही दिन अगाडि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ बर्षका प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिनुु भयो ।
प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । प्रेमध्वजलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।
सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाउनुभएको छ । यस्तै उहाँले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिनुभएको थियो ।
सन् १९५२ मा प्रेमध्वजले १६ बर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएउनुभएको थियो ।प्रधानका यो नेपाली शीर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है लगायतका गीत चर्चित छन् ।