Connect with us
Kapilvast Forest

माधव–झलनाथ पक्षले मत नदिने भएपछि एमालेअन्योल ,खिमलालसँग चुनाव बादललाइ कठिन

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-बागमती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बैशाख २४ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ । तर, सत्तारुढ एमालेलाई उम्मेदवारी मनोनयन गर्ने एक दिन अघिसम्म पनि उम्मेदवार तय गर्न कठिन भएको छ । एमालेले यसअघि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने घोषणा गरेको थियो । यद्यपि ओपचारिक निर्ओय भने भइसकेको छैन ।

बिहीबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति सदस्य बैठकले उक्त उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने भने पनि एमालेकै माधव पक्षले मत नदिने विश्लेषण भएपछि बादल चुनाव लड्न हच्किनुभएको छ ।

बागमती प्रदेशमा एमालेको मत एकै ठाउँमा पर्दा र साझा उम्मेदवार बन्दा सजिलै जित्ने निश्चित भए पनि पार्टी विवादका कारण असन्तुष्ट पक्ष खनाल नेपाल समूहले ओलीले उठाएका उम्मेदवारलाई मत नदिने निश्चित छ । यस्तो अवस्थामा कसलाई उम्मेदवार बनाउने भन्ने ओली समूहलाई कठिन भएको छ ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने बताएका थिए । ओलीले गत बैशाख १० गते बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकमा थापालाई नै उम्मेदवार बनाउने बताएका थिए । तर, विपक्षी गठबन्धनबाट डा। खिमलाल देवकोटालाई साझा उम्मेदवार उठाउने निर्णय गरेको र त्यसमा माधव पक्षले समेत साथ दिने भएपछि एमाले हच्किएको हो ।

‘एमाले एक ढिक्का हुँदा हामीलाई जित्न सहज थियो, तर एमालेकै माधव पक्षले भोट हाल्ने स्थिति देखिएन । त्यही भएर बादललाई उम्मेदवार बनाउने वा अरु भन्नेमा निर्णय हुन सकेन’, ओली पक्षका एक स्थायी समिति सदस्यले भने ‘आज बेलुकासम्म टुंगो लाग्छ ।’

काँग्रेस, माओवादीले संघीयताविद् डा। खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । एमाले निकट वाम बुद्धिजीवी भनेर चिनिएका देवकोटालाई माओवादी केन्द्र, नेपाली काँग्रेस र एमालेको माधव नेपाल पक्षको समर्थन छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलबाट डा। देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएअनुसार बुधबार देवकोटाको उम्मेदवारी सार्वजनिक गरिएको हो ।

एक सिटका लागि हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा बागमती प्रदेशका ११० सांसद र स्थानीय तहका २३८ गरी ३४८ मतदाता छन् । प्रदेशसभाका एकजना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ ।

समग्रमा यो प्रदेशमा एमालेको ५,३१० मत भार हुन्छ । तर, यो मत विभाजन हुँदा एमाले उम्मेदवारलाई निर्वाचन जित्न मुस्किल पर्ने देखिन्छ ।कांग्रेस र माओवादी केन्द्र मात्रको गठबन्धनसँग ३,९७८ मत भार छ । यस हिसावले काँग्रेस, माओवादी, जसपा, साना दलसहित एमालेको माधव पक्ष एक ठाउँमा उभिदा एमालेको समग्र मत भार घट्न जाने र गठबन्धनको बढ्न जाने देखिन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu