Connect with us
Kapilvast Forest

रुपन्देहीको सिनपा र तिनपाका प्रमुख र उपप्रमुखको गाडी एम्बुलेन्सको रुपमा प्रयोग

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

butwal

नरेश के.सी. रुपन्देही- कोरोना महामारीबेला स्थानिय जनताको स्वास्थ्यलाई ध्यानमा राख्दैं रुपन्देहीका दुई नगरपालिकाले उदाहरणीय कार्यको थालनी गरेका छन् ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाको आफ्नो कार्यलयको प्रमुख र उपप्रमुख चढ्ने सवारी साधनलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालेका हुन् ।

सिद्धार्थनगरका प्रमुख हरि प्रसाद अधिकारीले प्रयोग गर्नेगरेको लु १ झ ५२१ नम्बरको कार यतिबेला नगरका विरामी बोक्न दौडिरहेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासीनिले भन्नुभयो, “नगर प्रमुख चढ्ने सवारी साधनलाई कोरोना संक्रमीतको सेवाकोलागि तयार गरेर, विरामी बोक्न पठाएका छौं । ”

मरासिनीले भन्नुभयो, “घरमै बसेकामध्ये कसैलाई स्वास्थ्य समस्या भयो, अफ्ठयारो महसुस भएमा तत्काल नगरपालिकामा खबर गरेमा हामीले गाडी तत्काल पठाउछौं । विरामीको स्वास्थ्य अवस्था हेरेर आइसोलेशन वा अस्पताल लैजाने काम हुनेछ । ”

सुविधा सम्पन्न सहरको रुपमा परिचीत भैरहवामा दैनिक पचासौं एम्बुलेन्स सञ्चालन हुने भएता पनि चाहिएको समयमा उपलब्ध नभएपछि नगरले आवश्यक्तालाइ मध्यनजर गर्दै उक्त कार्यको थालनी गरेको हो ।

नगरमा दुईदिन अगाडी यस्तै घटना पनि घट्यो । नगरको ९ नम्बर वडाध्यक्ष शेषकान्त भन्डारीलाई श्वास प्रश्वासमा समस्या भयो । उनको परिवारले अस्पताल सम्म जानकोलागि धेरै ठाउमा गाडीकोलागि सम्पर्क गरे तर पाईएन । दर्जनौ एम्बुलेन्स चालकलाई सम्पर्क गरे कसैले आउन मानेनन । केहि सीप नलागेपछि नगर प्रमुख अधिकारी आफै वडाध्यक्षलाई लिन उनको घरमा पुगें । उनले वडाध्यक्ष भन्डारीलाइ भीम अस्पतालमा पुराए । वडाध्यक्ष भन्डारीको भीम अस्पतालको कोभिढ वार्डमा उपचार भईरहेको छ ।

वडा अध्यक्षले समेत एम्बुलेन्स सेवा नपाएपछि नगर प्रमुख अधिकारीले सर्वसाधरणलाई झनै सास्ती बेहोरेको महसुस गरी तत्काल आफु चढ्ने गाडीलाई कोभिड विरामी बोक्नेगरी प्रयोग गर्ने योजना बनाउन प्रमुख प्रशासिकय अधिकृतलाई तत्काल निर्देशन दिएका थिए । सोहि योजना अनुसार आज बिहीबारदेखि नगर प्रमुखको गाडी एम्बुलेन्सको रुपमा प्रयोग हुन थालेको हो ।

नगरपालिकाले गाडीको चालककोलागि खाईपाई आएको सेवा सुविधामा अतिरीक्त विशेष व्यवस्था पनि गरेको छ । प्रमुख प्रशासकिय अधिकृत मरासिनीले भन्नुभयो, “बस्ने व्यवस्था अलग गरेका छौं । हरेक दिन स्वास्थ्य चेकजाच गर्ने , स्वास्थ्य मापदन्ड अनुसार स्वास्थ्य सामग्री उपलब्ध गराउने पनि व्यवस्था गरेका छौं । हरेक प्रन्ध दिनमा सवारी चालकको पूणर् स्वास्थ्य अवस्था चेकजाच गर्ने तयारी पनि गरेका छौं । ”

सिद्धार्थनगरमा दैनिक ७०।७५ जना कोरोना संक्रमीत थपिरहेका छन् । बिहीबार सम्म ८ सय बढी सक्रिय संक्रमीत भईसकेका छन् । नगरले सिद्धार्थ बसपार्कमा चिकित्सक सहितको आइसोलेशन तयार गरिसकेको छ ।

यसैगरी बिहीबारदेखि नै तिलोत्तमा नगरले मेयर उपमेयर चढ्ने गाडीलाई नगरभित्रका कोभिढका विरामी बोक्न प्रयोगमा ल्याउने घोषणा गरेकोछ । मेयर बासुदेव घिमिरेले प्रयोग गर्दै आएको लु १ झ ३६० र उपमेयर जागेश्वरी चौधरीले प्रयोग गर्दै आएको लु १ झ ३२६ नम्बरको स्कारपीयो कोभिढ संक्रमीत विरामी बोक्न प्रयोग गर्ने निणर्य भएको हो ।

तिलोत्तमा नगरका प्रवक्ता सुरेन्द्र श्रीले भन्नुभयो, “नगरका कोहि पनि बासिन्दा सवारी साधन नपाएर अस्पताल जाने अवसरबाट बञ्चित नहोऊन् भन्ने उद्धेश्यले हामीले उक्त निणर्य गरेका हौं । ”

यसै हप्ता नवलपरासीको देवचुली नगरपालिकाको दलदलेमा एक जना कोभिढ संक्रमीतलाई अस्पताल लैजाने एम्बुलेन्स तथा सवारी साधन नपाउदा ट्याक्टरमा लैजादै गरेको भिडीयो सामाजिक सञ्चाल र मिडीयामा भाईरल भएको थियो । उक्त घटना पछि त्यहाँका स्थानियले उक्त पालिकाका प्रमुख र उपप्रमुख चढ्ने सवारी साधन जनताको उपयोगमा नआएको भन्दै चर्को विरोध समेत गरेका थिए । देवचुलीमा झै देशैभर विभिन्न संघसंस्थाले सन्चालन गदै आएका एम्बुलेन्सहरु कोभिढ संक्रमीत विरामी बोक्न आनाकानी गर्न थालेपछि रुपन्देहका दुइ नगरपालिकाले सारेको उक्त योजना प्रभावकारी हुने देखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu