Connect with us
Kapilvast Forest

काेराेना कहर : ६० जिल्लामा निषेधाज्ञा

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौँ-काेराेना भाइरसकाे संक्रमण दिन प्रतिदिन बढेपछि सरकारले ६० जिल्लामा निषेधाज्ञा जारी गरिएको गृहमन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ४७ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको गृहमन्त्रालयले जानकारी दिएको हो ।

अहिलेसम्म ६० जिल्लामा निषेधाज्ञा जारी भएकामध्ये १३ जिल्लामा आंशिक, बाँकी ४७ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएकाे मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताउनु भयो ।

गत १३ वैशाखको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।

निषेधाज्ञाको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu