Connect with us
Kapilvast Forest

कृत्रिम अभाव देखाएर खाद्यान्नमा मूल्यवृद्धि

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

khadyabastu.jpg

काठमाडौं- कृत्रिम अभाव देखाएर व्यवसायीले खाद्यान्नमा मूल्यवृद्धि गराएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गत बिहीबारदेखि निषेधाज्ञा गरेसँगै बजारमा सामानको कृत्रिम अभाव गराई व्यवसायीले कालोबजारी गरेका हुन् ।

एक साताको अवधिमा बजारमा खाने तेल, चिनी, दाल, चामल, गेडागुडीको मूल्य बढेको छ । बजारमा पर्याप्त खाद्यान्नको मौज्दात हुँदाहुँदै व्यवसायीले अस्वाभाविक मूल्य बढाउँदा त्यसको असर उपभोक्तामा पर्न गएको हो ।

निजी क्षेत्रका व्यवसायीले निषेधाज्ञा हुनुअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पर्याप्त खाद्यान्न मौज्दात रहेकाले अभाव नहुने बताएका थिए । त्यसलगत्तै बजारमा सामानको मूल्य बढ्न थालेको हो ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले व्यवसायीले कृत्रिम अभाव गराएर खाद्यान्नमा अस्वाभाविक मूल्य बढाएको बताए । खाद्यान्नको मौज्दात पर्याप्त हुँदाहुँदै पनि चिनीमा मूल्य बढाउँदा त्यसको असर उपभोक्तालाई पर्न गएको उहाँको भनाइ छ ।कारोबार

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu