Connect with us
Kapilvast Forest

उपत्यकाका चार स्थानमा कोरोना अस्पताल सञ्चालनको तयारी

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

 

काठमाडौँ- वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिनेभएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते गर्नुभएको सम्बोधनलाई कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शङ्कर नेपालले कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचङ्गु नारायणमा रहेका संरचनालाई शनिबारसम्म आईसीयू शय्यासहितको कोभिड अस्पतालमा रूपान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । पहिलो कोरोना महामारीका बेलामा पनि यी ठाउँहरूमा रहेका संरचनालाई कोरोना सङ्क्रमितहरूको उपचारका लागि प्रयोगमा ल्याइएको थियो ।

अक्सिजन सिलिन्डर ल्याइँदै
चीनबाट अनुदानस्वरूप प्राप्त हुन लागेको २० हजार अक्सिजन सिलिन्डरमध्ये वैशाख ३१ गतेभित्र पहिलो लट ल्याउने गरी कार्ययोजना तयार पारिएको सहसचिव नेपालले जानकारी दिनुभयो । पहिलो खेपमा कति सङ्ख्यामा सिलिन्डर ल्याउने भन्नेबारे कार्ययोजनामा उल्लेख छैन । त्यसैगरी भारतबाट लिक्विड अक्सिजन आयातका लागि तुरुन्त कूटनीतिक पहल सुरु गर्न परराष्ट्र मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ ।

अक्सिजन सिलिन्डर ल्याउने कामको जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा अर्थ र परराष्ट्र मन्त्रालयलाई दिइएको छ । नेपालमा कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि चीनले अनुदानस्वरूप २० हजार अक्सिजन सिलिन्डर उपलब्ध गराउने घोषणा गरेको थियो ।

मापदण्ड निर्धारण
अस्पतालहरूको क्षमता, बिरामी सङ्ख्या, उपचारको प्रकृति र आइसीयू शय्या र भौगोलिक सन्तुलनको आधारमा मापदण्ड बनाई अस्पतालहरूलाई आवश्यक पर्ने अक्सिजन सिलिन्डरको सङ्ख्या निर्धारण गर्ने गरी कार्ययोजना निर्माण गरिएको सहसचिव नेपालले जानकारी दिनुभयो । सो कामको जिम्मेवारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दिइएको छ ।

त्यसैगरी स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको सङ्ख्याअनुसार अक्सिजन आपूर्ति गर्न अक्सिजन उद्योग र अस्पतालबीच सम्बन्ध स्थापित गर्ने, आवश्यकताअनुसार अस्पतालहरूलाई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिइएको कार्ययोजनामा जनाइएको छ ।

त्यसैगरी देशभरिको अक्सिजन उद्योगहरूको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने गरी व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ ।

सूचना प्रणालीको स्थापना
कोभिड अस्पतालहरूमा भएको कुल शय्या सङ्ख्या, भरिएका र खाली शøयाको सङ्ख्यासम्बन्धी वास्तविक समयको विवरण तत्काल उपलब्ध हुने गरी केन्द्रीय सूचना प्रणालीको स्थापना गर्न सञ्चार तथा सूचना मन्त्रालयको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जिम्मेवारी दिइएको सहसचिव नेपालले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu