Connect with us
Kapilvast Forest

महामारीमाको फाइदा लुट्दै बसपार्कका दलाल, बुटवलको भाडा ६ हजार

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

buspark_sunsan

काठमाडौं- काठमाडौंबाट रुपन्देही बुटवलको भाडा कति रु ६०० या एक हजार । गाडी नै नपाएका बेलामा एक हजार वा भनौँ १२ सयसम्म पनि मानिसलाई तिर्न गाह्रो नहोला । तर, बुटवलका लागि छरछ हजार भाडाभन्दा तपाईं पत्याउनुहुन्छ रु यस्तै देखिएपछि अब नपत्याएर पनि सुख भो तकेही गाडी चालक तथा टिकट काउन्टरका कर्मचारीका मिलेमतोमा काठमाडौं–बुटवलको भाडा छ हजारसम्म असुलेको पाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी यात्रुसँग बढी भाडा असुल्ने पाँच जनालाई काठमाडौंका विभिन्न क्षेत्रबाट पक्राउ गरेको छ । उनीहरूले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई घर पुर्‍याउन यसरी चर्को रकम असुल गरी भाडामा ठगी गरेका हुन् ।

कोभिड­ १९ को महामारीको मौका छोपेर उनीहरूले छोटो समयमै धेरै कमाउने योजना बनाए पनि अन्ततः ट्राफिक प्रहरीले त्यसलाई असफल पारिदिएको छ।

कसैलाई तीन हजार, कसैलाई चार हजार र कसैलाई छ हजारसम्म पैसा लिएर बुटवलका लागि टिकट काटेको पाइयो, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने, पोखराका लागि तीन हजार ५०० सम्म पनि भाडा लिएको पाइएको छ । उनका अनुसार बार्गेनिङ गर्दा जसबाट जति झार्न सकिन्छ त्यति रकम लिएको पाइएको छ ।

महाशाखाका अनुसार अनुगमनका क्रममा बढी भाडा लिने तीन जनालाई गोंगबु बसपार्क क्षेत्रबाट र दुई जनालाई कलङ्कीबाट पक्राउ गरिएको हो ।कोभिड­ १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिई पोखरा माइक्रो र बुटवल भैरहवा टिकट काउण्टरका कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिनु भयो ।

काठमाडौंदेखि पोखरासम्मको नियमित भाडा ५०० र बुटवलसम्म एक हजार दुई सय तोकिएकामा पाँच सय प्रतिशतसम्म बढी भाडा असुलिएको भट्टराईले बताउनु भयो । उहाँका अनुसार पोखरा जाने यात्रुसँग तीन हजार ५०० र बुटवल जाने यात्रुबाट जनही छ हजारसम्म भाडा लिएको पाइएको छ ।

काठमाडौं उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुलाई ग १ ख ९६२१ माइक्रोमार्फत पोखरा र बा ४ ख ५१९७ नम्बरको बसमार्फत बुटवल जाने यात्रुबाट बढी भाडा असुलेको महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा पोखरा माइक्रोमा काम गर्ने पोखरा महानगरपालिका ३३ घर भई काठमाडौं बस्ने ३२ वर्षीय बन्दराज पराजुली, रतुवामाई ९, मोरङ घर भई नेपालटार बस्ने २९ वर्षीय नवीन पौडेल तथा बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे– ७ का रञ्जित सिलवाल रहेको महाशाखाले जनाएको छ ।

यस्तै बढीभाडा असुलेका आरोपमा कलङ्कीबाट पनि दुई जनालाई पक्राउ गरिएको छ । काठमाडौंदेखि झापाको नियमित भाडा एक हजारदेखि एक हजार दुई सयसम्म भए पनि यात्रुसँग दुई गुणा बढी अर्थात् जनही दुई हजार ५०० का दरले भाडा उठाउने खोटाङ घर भई कलङ्की बस्ने भीमबहादुर खड्का र रौतहट घर भई काठमाडौं खसीबजार बस्ने ५० वर्षीय वैजनाथ चौधरीलाई महाशाखाको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो ।

उहाँहरूले उपत्यकाको चक्रपथमा चल्ने बा ४ ख १९२५ नम्बरको पाथीभारा दर्शनको भाडा बसमा यात्रु लैजाने गरी टिकट काटेको पाइएको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले विषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्ने यातायातसम्बन्धी समस्या अनुगमनका लागि सादा पोशाकमा विशेष टोली परिचालन गरेको छ । टोलीले आफैँ यात्रु बनेर अनुगमन गरिरहेको छ ।

यसअघि बुधबार पनि बढी भाडा लिने बागलुङ भगवती काउण्टरका कर्मचारी मिलन सारुलाई पक्राउ गरिएको थियो । प्रहरीले कुनै गुनासो भएमा आफ्नो हटलाइन १०० वा ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu