Connect with us
Kapilvast Forest

भौतिक श्रमस्वीकृति बन्द

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

shram swikrti

काठमाडौं-कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरेको सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि जारी गर्दै आएको श्रमस्वीकृति समेत रोकेको छ ।

भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने मापदण्डमा परेको श्रमिकको श्रमस्वीकृतिको काम हवाई सेवा सुचारु नभएसम्म स्थगित गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । तर अनलाइनबाट श्रमस्वीकृति सेवा लिने श्रमिकका लागि भने कोटा प्रणालीबाट निश्चित संख्यामा श्रमस्वीकृति जारी गरिने जनाइएको छ । आइरिस र बायोमेट्रिक लिन कार्यालय नै जानुपर्ने श्रमिकको श्रम स्वीकृति भने अब बन्द रहने विभागले जनायो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले भौतिक रुपमा सेवा प्रवाह गर्दा संक्रमणको जोखिम बढेको र कतिपय अवस्थामा सेवाग्राही नै संक्रमण भएको पाइएकोले तत्कालका लागि भौतिक रुपमा उपस्थित भएर दिँइदै आएको श्रमस्वीकृति सेवा बन्द गरिएको बताउनु भयो । श्रमस्वीकृतिको काम गर्दै आएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयले शुक्रबारबाट श्रमस्वीकृति सेवा बन्द गर्ने जनाएको छ ।

सो कार्यालयमा पुनः श्रमस्वीकृति शाखामा काम गर्दै आएका अधिकृत माधवराज पाण्डेले दैनिक दुई सय श्रमिकका लागि श्रमस्वीकृति सेवा दिने गरी साप्ताहिक रुपमा कोटा खुल्ला गरी अनलाइनबाटै सेवा दिने गरी अन्य भौतिक रुपमा दिँदै आएको सेवा बन्द गरिएको बताउनु भयो । वैदेशिक रोजगार कार्यालयले यसअघि दैनिक तीन सय जनाको श्रमस्वीकृति जारी गर्दै आएकोमा कार्यालयमा नै भौतिक रुपमा उपस्थित हुनेको संख्या एक सयको हाराहारीमा रहेको थियो ।

विभाग मातहतका देशभरका ७ वटा कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवामध्ये अन्तिम श्रमस्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रमस्वीकृति र भौतिक रुपमा उपस्थित भै लिइने पुनः श्रमस्वीकृति सेवा स्थगन गर्ने निर्णय भएको हो । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निणय गरिसकेकोले श्रमस्वीकृति गरेपनि विदेश जान भने श्रमिकले पाउने छैनन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दीपक काप्mलेले उडान नभए पनि श्रमस्वीकृति सेवा सुचारु गरिने बताउनु भयो । श्रमस्वीकृतिको म्याद ३ महिना हुने भए पनि लामो निषेधाज्ञा भएर श्रमस्वीकृति म्याद सकिने अवस्था भए निर्णय गरेर म्याद सक्न सकिने विकल्प समेत रहेको बताउनु भयो ।

सरकारले काठमाडौं उपत्यकामा वैशाख २९ गतेसम्म लकडाउन गरेका कारण यो समयमा अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिइसकेको छ । निषेधाज्ञा अवधिका लागि विभाग मातहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु स्थगन गर्ने निर्णय गरिएको महानिर्देशक दवाडीले जानकारी दिनु भयो ।

विभागको निर्देशनअनुसार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलबाट भौतिक रुपमा उपस्थित भई लिइने अन्तिम श्रमस्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रमस्वीकृति र भौतिक रुपमा उपस्थित भई लिइने पुनः श्रमस्वीकृति वैशाख २४ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जनाइएको छ । यसअघि आइरिस र बायोमेट्रिक दिएका श्रमिकले भने अनलाइनमार्फत नै स्वीकृतिका लागि आवेदन दिन सक्नेछन् ।

ताहाचल कार्यालयले भौतिक रुपमा उपस्थित बाहेक अनलाइनमार्फत पुनः श्रमस्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्ने जस्ता कार्यहरु सीमित सेवा प्रवाहका रुपमा निरन्तरता दिने व्यवस्था मिलाएको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu