Connect with us
Kapilvast Forest

सिलिन्डर र खोप दिने चीनको प्रतिबद्धता

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं — नेपालमा बढ्दो कोरोना महामारीलाई ध्यानमा राखेर चीनले तत्काल केही थान अक्सिजन सिलिन्डर र भ्याक्सिन उपलब्ध गराउने भएको छ ।बेइजिङस्थित नेपाली दूतावासका अनुसार चीनले पहिलो चरणमा दिने भनेको ३ हजार ५ सय थान अक्सिजन सिलिन्डरमध्ये ४ सय थान र १० वटा भेन्टिलेटर चार दिनभित्र दिने प्रतिबद्धता जनाएको हो ।

 

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसहितको टोलीले बिहीबार चीनको परराष्ट्र मन्त्रालयअन्तर्गतको सहयोग प्रस्ताव हेर्ने निकाय चिनियाँ इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) का पदाधिकारी र भ्याक्सिन उत्पादक सिनोफार्मका अधिकारीहरूलाई भेटेर सहयोगका लागि अनुरोध गरेको थियो ।

गत वैशाख दोस्रो साता चीन र दक्षिण एसियाका पाँच मुलुकबीच भएको भिडियो वार्तापछि चीनले नेपाललाई महामारी प्रतिरोधका लागि घोषणा गरेको ५० लाख आरएमबी बराबरको सहायताअन्तर्गत अक्सिजन सिलिन्डर पठाउने भएको हो । चीनले बाँकी अक्सिजन सिलिन्डर भने दोस्रो र तेस्रो चरणमा क्रमशः उपलब्ध गराउने बताएको छ । त्यस्तै नेपालले किन्न चाहेको २० लाख डोजमध्ये १० लाख डोज कोरोना भ्याक्सिन पनि मे महिनाभित्र उपलब्ध गराउन सक्ने जनाएको छ ।

‘आउँदो मे १० तारिखसम्ममा तत्काल सहायता सामग्री व्यवस्था गरिदिन चिनियाँ पक्ष सहमत भएको छ,’ सिड्काका महानिर्देशक पाई पिनसँगको भेटघाटपछि राजदूत पाण्डेले भन्नु भयो , ‘चीनले तुरुन्तै ४ सयवटा अक्सिजन सिलिन्डर र १० वटा भेन्टिलेटर तयार गरिदिने भनेको छ, बाँकी त हामीले जति छिटो लैजान सक्छौं, सहायता त्यति नै छिटो नेपाल पुग्छ ।’

 

कोरोना महामारीका कारण विश्वका विभिन्न देशले चिनियाँ भ्याक्सिन प्रतीक्षा गरिरहेका छन् । सिनोफार्मका उपाध्यक्ष यान पिङले संसारका ६४ देशमा चिनियाँ भ्याक्सिन पुगेको बताउँदै माग अत्याधिक बढिरहेको सुनाउनु भयो ।

‘कोरोनाका कारण नेपालको वर्तमान अवस्थालाई ध्यानमा राखी अलिक छिटो गरिदिन नेपालको अनुरोधपछि सिनोफार्मले २–३ सातामा १० लाख डोजका लागि पहल गर्न सक्ने संकेत गरेको छ,’ भेटमा सहभागी दूतावासका मिनिस्टर सुशील लम्सालले भन्नु भयो  । चीनले बाँकी १० लाख डोज खोप भने जुलाईको अन्त्यसम्ममा तयार गरिदिने भएको छ । चीनले यसअघि ८ लाख डोज कोरोनाको भ्याक्सिन अनुदान सहयोग गरेको थियो । कान्तिपुर

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu