नेपाल सुपर लिगमा आज पोखरा र चितवना खेल्दै
काठमाडौं-पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एक मात्र खेल हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा र चितवनबीचको खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । आजको खेलमा पोखरा जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावनालाई कायम राख्न चाहन्छ ।पोखराको यस खेल लिग चरणको अन्तिम खेल हो ।
पोखरा ५ खेलमा ५ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ।प्लेअफको सम्भावना कायम राख्न पोखरालाई आजको खेल जित्नै पर्ने दबाब छ ।पराजित भएको खण्डमा पोखरा प्रतियोगिताबाट बाहिरिनेछ ।
यस्तै चितवन पनि जित निकाल्दै प्लेअफको सम्भावना कायम राख्न चाहन्छ ।४ खेलमा २ अङ्क जोडेको चितवन पुछारमा रहेको छ ।चितवनलाई प्ले अफ सम्भावना कायम राख्न बाँकी दुई खेल जित्नै पर्ने दबाब रहेको छ ।पोखरासँग पराजित भएमा चितवन पनि प्रतियोगिताबाट बाहिरिनेछ ।