Connect with us
Kapilvast Forest

अस्पतालमा बेड खोज्दाखोज्दै वडा सदस्यको एम्बुलेन्समै मृत्यु

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

बुटवल -अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलमा एकजना वडा सदस्यले एम्बुलेन्समै ज्यान गुमाउनुभएको छ ।बुटवल उपमहानगरपालिका(७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो ।

नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर एम्बुलेन्समै उनको मृत्यु भएको हो । थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए ।

बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उहाँलाई क्रिमसन अस्पताल मणिग्राम पुर्‍याइएको थियो । तर अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पुर्‍याइएको थियो ।

‘तीन वटै अस्पताल पुर्‍यायौं । तर कतै पनि बेड पाएनौ‌,’ भट्टराईले भन्नुभयो , ‘अन्ततः उहाँको एम्बुलेन्समै उहाँको निधन भयो ।’

उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले अस्पतालमा समयमै उपचार नपाएका कारण वडा सदस्यको मृत्यु भएको बताए । स्वर्गीय नविनका श्रीमती र १ छोरी छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu