पिसिआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन
काठमाडौं-नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ।शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो।
पिसिआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भयो ।प्रधानमन्त्री ओलीलगायत उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो।
प्रधानमन्त्री ओलीले वैशाख २७ मा विश्वासको मत लिने भन्नुभएको छ । त्यसका लागि संसद अधिवेशन आह्वान भइसकेको छ। संसद बैठकमा उपस्थित हुने सांसद तथा कर्मचारीलगायतको स्वाब संकलन गरिसकिएको छ।