Connect with us
Kapilvast Forest

राष्ट्रियसभा उपनिर्वाचन : एमालेविरुद्ध एमाले

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं- वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ र खिमलाल देवकोटा भिड्ने हुनु भएको छ ।

हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयका अनुसार बादल र देवकोटासँगै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मदेवारी दर्ता भएको छ । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा दुबै नेकपा एमाले बाछ भिड्दैहुनुन्छ ।

बादल एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार र देवकोटा एमालेकै माधव नेपाल पक्षमा हुनुन्छ । बादलको उम्मेदवारी प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत हुनुन्छ । देवकोटाको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल हुनुन्छ भने समर्थक कांग्रेस सांसद राधा घले हुनुन्छ ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यही ठाउँबाट निर्वाचित हुनु भएको थियो । पार्टी परित्याग गरी एमालेमा गएपछि माओवादी केन्द्रले बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो ।

गृहमन्त्री रमेत रहेका बादलको सांसद पद गुमेकाले खाली भएको ठाउँमा जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो । माओवादी केन्द्र छाडेर एमालेमा आएका कारण केपी ओली पक्षले बादललाई नै पुनः उम्मेदवार बनाएको छ ।

डा। देवकोटा एमाले निकट बुद्धिजीवी हो । उहाँ एमालेकै कोटाबाट वाग्मती प्रदेश योजना आयोगको उपाध्यक्ष हुनु भएको थियो । तर मुख्यमन्त्री डोरमणि पौडेल तथा मन्त्रीहरु सिष्टममा नचलेको भन्दै देवकोटाले एक वर्ष काम गरेर ०७६ असारमा पदबाट राजीनामा दिनु भएको थियो । विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा वित्तीय संघीयता व्यवस्थापनका विज्ञ मानिनुहुन्छ ।

‘२७ गतेपछि थाहा हुन्छ’

सत्तारुढ एमालेमा चर्किएको विवाद राष्ट्रिय सभा उपचुनावमा एकअर्काविरुद्ध चुनाव लड्ने तहमा पुगेको छ ।

पार्टी केन्द्रमा विवाद कायम रहँदा यस्तो देखिनु स्वाभाविक रहेको बताउँछन् एमाले ओली पक्षीय मकवानपुरका नेता कृष्ण दाहाल । ‘माथि कुरा मिल्यो भने केही पनि हुँदैन । एउटाको उम्मेदवारी फिर्ता हुन्छ । कुरा मिलेन भने यस्तै हो, हामीहरुले माथि नै कुरा मिलाउनुस् भनेको छौं’ दाहालले भन्नुभयो

बागमती प्रदेशमा देखिएको एमाले भर्सेस एमालेको अवस्था कायम रहने कि नरहने भन्ने यही वैशाख २७ गतेपछि थाहा हुने पनि नेता दाहालको बुझाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा २७ गते विश्वासको मत लिँदै छन् । यहि प्रयोजनका लागि प्रतिनिधिसभाको अशिवेशन आह्वान भएको छ । यसतर्फ संकेत गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका नेता दाहालले भने, ‘२७ गतेको रिजल्टले बताउँछ बागमति प्रदेशमा एमाले भर्सेस एमाले हुन्छ कि हुँदैन भनेर ।’

‘जति तल गयो त्यति पार्टी एक हुनुपर्छ भन्ने छ । हुन त गोप्य मतदान हुने हो तै पनि के हुन्छ हेर्दै जाउँ’ दाहालले भन्नु भयो ।

६ गते मतदान

राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ ।

उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।वाग्मती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ गरी ३४८ मतदाता रहेका छन् ।प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ ।

११० सदस्यीय प्रदेशसभामा एमालेका ५६, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २३, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २र२ जना छन् । जनता समाजवादी पार्टीबाट निर्वाचित १ जना हाल कांग्रेसतिर छन् ।

एमालेका ५६ जनामा केपी शर्मा ओली पक्षमा ३२ र माधव नेपाल पक्षमा २२ जना सांसद प्रदेश सभा सदस्य छन् ।स्थानीय तहका २३८ मतदातामध्ये एमालेको १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जना छन् । एमालेको १३३ मा ओली पक्ष र माधव नेपाल पक्षमा विभाजित छन् ।

मतभारका हिसाबले एमालेको प्रदेश सभामा २६८८ र स्थानीय तहका प्रमुख र उपप्रमुखमा २३९४ गरी कुल ५०८२ मत भार छ ।कांग्रेस र माओवादी केन्द्र र जसपाको गठबन्धनसँग ५४ प्रदेश सभा सदस्य छन् । जसको मतभार २५९२ हुन्छ । विपक्षी गठबन्धनको स्थानीय तहका प्रमुख र उपप्रमुखतर्फ १०५ जनप्रतिनिधि छन्, यसको मतभार १८९० हुन आउँछ । यसरी विपक्षी गठबन्धनसँग कुल ४४८२ मतभार छ ।

उपनिर्वाचनका सबै कार्यक्रम निर्वाचन आयोगले हेटौंडामा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन हुनेछ ।आज दर्ता भएका उम्मेदवारको विरोधमा वैशाख २५ गते उजुरी दिने २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन दिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu