Connect with us
Kapilvast Forest

जसपाले ओलीलाई विश्वासको मत नदिने, पार्टी एकता जोगाउने !

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

jasapa.jpeg

काठमाडौँ -जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट लिन लागेको विश्वासको मतको विपक्षमा मत हाल्ने नेताहरुले दाबी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले २७ गते लिन लागेको विश्वासको मतको विपक्षमा सबै सांसदले मत हाल्ने दाबी जसपाका नेता डम्बर खतिवडाले बताउनुभएको छ ।

‘सत्ता’ कै कारण जसपा दुई कित्तामा बिभाजन भइरहेको बेला पछिल्लो समय एउटा अध्यक्ष महन्थ ठाकुर पक्ष थप कमजोर बन्नुभएको छ । ठाकुरलाई साथ दिँदै आएका राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादव लगायतका नेताहरुले केपी ओलीलाई समर्थन नगर्ने भन्दै ठाकुरको हस्ताक्षर अभियानबाट अलगिुभएको छ ।

यसरी आफू निकटकै नेताहरुले साथ छोडेपछि महन्थ ठाकुरसँग करिब ५ सांसदमात्रै बाँकी रहेको अुनमान गरिएको छ । ठाकुरसँग रहेका सांसदलेमात्रै ओलीलाई विश्वासको मत नपुग्ने बताइएको छ ।जसपा नेपाल डम्बर खतिवडाले भन्नुभयो अब जसपाले ओलीको प्रस्तावको विपक्षमा एकमतले मत दिने बताउनुभएको छ । ओलीले जसपालाई फुटाउन खोजेकोको भए पनि यसपटक पनि असफल भएको उहाँको दाबी छ ।

शुक्रबार एक ट्वीट गर्दै उहाँले लेख्नुभएको छ , ‘जसपाले एकमतले ओली प्रस्तावको विपक्षमा मत हाल्ने, पार्टी–एकता जोगिने, यसबीचका सबै अफवाह गलत सावित हुने, जसपा फोड्ने सत्तारुढ कमरेडहरूको षडयन्त्र फेरि एकपटक असफल । हिस्स बुढी हरिया दाँत हुने लगभग निश्चित ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu