Connect with us
Kapilvast Forest

कालोबजारी गर्नेलाई चेम्बर अफ कमर्सले कार्वाहीको दायरामा ल्याउने

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

nepal-chember-of-commerce1.png

काठमाडौं- कोरोना महामारीमा निजी क्षेत्रको भूमिका प्रभावकारी नदेखिएको भन्दै आलोचना भइरहेको बेला नेपाल चेम्बर अफ कमर्सले भने बजारमा अक्सिजनलगायतका अत्यावश्यक वस्तुको व्यवस्थापनमा आफुले भुमिका खेलिरहेको दाबी गरेकोे छ ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले महामारीको अप्ठ्यारो समयमा जनताको साथ रहेको भन्दै अत्यावश्यक बस्तुको व्यवस्थापनमा काम गरिरहेको जिकिर गर्नुभयो ।

हाल संकटको यो समयमा पनि कालोबजारी गर्नेलाई कार्वाहीको दायरामा ल्याउन चेम्बर पनि लागि परेको उल्लेख गर्नु भयो ।अध्यक्ष मल्लले व्यवसायिक संस्थाले संचालन गरेका सी एस आर फण्ड सञ्चालनमा सरकारको स्वीकृति नभएका कारण पनि महामारीको समयमा निजी क्षेत्रले समस्या भोग्नु परेको बताउनुभयो ।

कोभिडका कारण उद्योग व्यवसाय संचालनमा समस्या भइरहेको समयमा सरकारले गरेको मजुदरको तलब बृद्धिले समस्यमा परेको चेम्बर अध्यक्ष मल्लको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu