Connect with us
Kapilvast Forest

संवैधानिक आयोगहरूमा नियुक्ति प्रयास तत्काल बन्द गर : माधव नेपाल

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

madhav nepal

 

काठमाडौं-नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको आलोचना गनुृ भएको छ । उहाँले यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेर टिप्पणी गर्नु भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषदसँग सम्बन्धितसहित सात वटा अध्यादेश एकैदिन जारी गर्नु भएको थियो ।

सरकारको सो कदमको विरोध गर्दै एमाले नेता नेपालले सामाजिक सन्जालमा लेखेका छन्, ‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सरकारलाई गलत बाटोबाट नियुक्ति प्रयास बन्द गर्न र जनताको जीवन रक्षामा केन्द्रित हुन आह्वानसमेत गर्नु भएको छ ।

नेपालले भन्नुभएको छ ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu