ओली-नेपालबीच आज निर्णायक वार्ता
काठमाडौं-पार्टीभित्र देखिएको विवाद समाधान गरी विभाजन हुनबाट जोगाउन अहिले एमालेमा दोस्रो तहका नेताहरु सक्रिय रहनुभएको छ ।शुक्रबार बालुवाटारमा लामो समय छलफल गरेका नेताहरु आज पनि छलफलमा जुट्नुभउको छ । हिजोको वार्ता सकारात्मक रहेकाले आज पनि वार्ता र छलफल जारी राख्ने नेताहरुले बताउनुभएको छ ।
विवाद मिलाएर अगाडी बढ्नेमा नेताहरु सकारात्मक रहेपनि विवाद समाधानको विन्दु भने नभेटिएको छलफलमा सहभागी एक नेताले बताउनुभयो ।
तर शुक्रबारको छलफल उठेका विषयहरुलाई आफ्नो पक्षका शीर्ष नेताहरुलाई ब्रिफिङ गर्ने र सोही अनुसार शनिबारको बैठकमा छलफल जारी राख्ने तयारी नेताहरुको छ ।यस्तै नेताहरूले ओली र नेपालबीच पनि वार्ता गराउनका लागि पहल गरिरहनुभएको छ ।