Connect with us
Kapilvast Forest

कांग्रेस सभापति देउवा संवैधानिक परिषद्को बैठकमा नजाने

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नजानुहुने भएको छ ।

सभापति देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गरी सरकारले बदनियतपूर्वक अध्यादेश ल्यएकाले बैठकमा नजाने जनाउनुभउको छ। “सरकारले बदनियतपूर्वक षड्यन्त्रमूलक ढंगले अध्यादेश जारी गरेको कांग्रेसको ठहर छ। अध्यादेश संवैधानिक परिषद्को कार्यविधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत मान्छे नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित छ,” देउवाले भन्नुभएको छ

“नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ।”

सरकारले २१ वैशाखमा आठ वटा अध्यादेश ल्याएको थियो। जसमा संवैधानिक परिषद् सम्बन्धी पनि थियो। यसअघि पनि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउन सर्वत्र विरोध भएको थियो।

सरकारले अहिले ल्याएको अध्यादेश पनि संविधानको विशिष्ट व्यवस्था र भावना विपरीत रहेको कांग्रेसको ठहर छ। यसले संविधानको आधारलाई भत्काउने देउवाले जनाउनुभएको छ। प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu