सभामुख सापकोटाद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आवहान
काठमाडौं – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । आइतबार दिउँसो ३ बजेका लागि बैठक डाकिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनु भयो ।
बैठक संसदको ल्होत्से हलमा बस्नेछ ।सोमबारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिँदैहुनुन्छ । सो बैठकका विषयमा परामर्श गर्नका लागि बैठक बोलाउनु भएको हो ।