Connect with us
Kapilvast Forest

लुम्बिनीका मुख्यमन्त्री विरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

बुटवल -लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।मुख्यमन्त्री पोखरेलविरुद्ध यसअघि वैशाख ६ गते पनि अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुको समावेदनका आधारमा वैशाख १९ गते प्रदशेसभाको विशेष अधिवेशन बोलाइएको थियो । तर, सो अधिवेशन सुरु हुनु अघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर एकल नेतृत्वको सरकार बनाउनुभएको थियो । अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले आफूहरुको पक्षमा बहुमत भएको दाबी गरेपनि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गर्नुृ भएको थियो ।

नेकपा एमालेका दृगनारायण पाण्डेय र अमरबहादुर डाँगीले राजीनामा दिएपछि तथा पुर्ननिर्वाचनमा विजयी बिमला खत्रीले माओवादी केन्द्र रोजेपछि एमाले अल्पमतमा परेको छ ।

प्रदेशसभामा कायम ७९ सदस्यको बहुमत (३८ सांसद) एमालेसँग नभएको भन्दै चार दलले संविधानको धारा १६८ (१) बमोजिम एकल नेतृत्वको सरकार बन्न नसक्ने बताएका छन् । आफूहरुको पक्षमा बहुमत रहेको भन्दै चार दलले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने दाबी गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu