Connect with us
Kapilvast Forest

१२ वर्षदेखि सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको ट्रयाक खोल्ने काम विवादमै

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

अर्घाखाँची-१२ वर्षदेखि अर्घाखाँची जिल्लालाई छोएर जाने राष्ट्रिय महत्व बोकेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक खण्डको ट्रयाक खोल्ने काम अलपत्र परेको छ ।

निर्वाचनको समयमा पटक–पटकका चुनावी नारा बनेको सालझण्डी–ढोरपाटन सडकको विवाद सुल्भ्mयाउन नसक्दा सडक अलपत्र बनेको हो ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा विगत १२ वर्षदेखि सडकको ट्रयाक खुल्न सकेको छैन ।

सन्धिखर्कको चुत्राबेसीबजार हुँदै जाने सडकले केही घर फालेर सडक लैजानु पर्ने भएपछि स्थानीय बासीन्दा र सडक योजना कार्यालयबीच पटकपटक विवाद भइरहेको छ । विवाद वर्षौंदेखि जहाँको तहीं छ, समस्याको समाधान भएको छैन । सन्धिखर्कमा मात्र होइन साँघुरो सडक चौडा गर्ने विषयमा रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डी बजारमा पनि विवाद कायमै छ ।

उक्त ठाउँमा पनि सडक चौडा हुन सकेको छैन । पाणिनी गाउँपालिकाकोे मैदान र पटौटीका विभिन्न ठाउँमा सडक चौडा गर्ने विषयमा स्थानीय बीच रहेको विवाद आठ वर्षदेखि कायमै छ ।

लामो समयसम्म विवाद कायम रहँदा सडकको ट्रयाक खोल्ने विषयमा अन्योलता छाए पनि विवाद सुल्झनेमा सालझण्डी ढोररपाटन सडकको दाबी छ । सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयले वर्षौंदेखि विरोध जनाउँदै आएका छन् ।

सालझण्डीबाट बागलुङको ढोरपाटनसम्म ट्रयाक खोल्ने काम सकिए पनि सन्धिखर्कमा विवाद रहँदा यो सडकले अझै पूर्णता पाउन नसकेको हो । कञ्चन खोलादेखि सालझण्डी बजारसम्म आउने बाटो साँघुरो भएका कारण आवतजावतमा समस्या परेको छ ।

२०६५ सालमा निर्माणकार्य सुरु भएको सडकको ट्रयाक खोल्ने कार्य करिब ९८ प्रतिशत सम्पन्न भएको छ । सन्धिखर्कमा लामो समयसम्म विवाद कायम रहे पनि विवाद सुल्झिने क्रममा छ । “छिटो सहमति गरी ट्रयाक खोल्ने कामलाई पूर्णता दिने गरी अगाडि बढेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकका योजना प्रमुख वीरेन्द्रप्रसाद गौतमले बताउनु भयो ।

यो सडकले धेरै सम्भावना बोकेकाले यसको महत्व बढी छ । सन्धिखर्क यो सडकको लम्बाइ एक सय ८५ किलो मिटर छ भने रुपन्देहीमा ५, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बाग्लुङमा ५० किलोमिटर क्षेत्र सडकले ओगटेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाका लेखाअधिकृत झवीन्द्र खनालले बताउनु भयो । बागलुङको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पु¥याइएको यो सडक पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको हो ।

आगामी आर्थिक वर्षमा फुदवाङदेखि बलेबाङसम्म १० किलोमिटर बाटो पिच हुने गरी काम अगाडि बढेको छ । लुम्बिनी ढोरपाटन सडकको ट्रयाक खुलेसँगै अर्घाखाँची, पाल्पा, रुपन्देही, गुल्मी, बागलुङ जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

सडक खुलेसँगै लुम्बिनी आएका पर्यटक पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङ अवलोकन गराउन सके यहाँका बासिन्दाको आयआर्जनमा टेवा पुग्नेछ ।कारोवार दैनिक 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu