Connect with us
Kapilvast Forest

नेपाल समूहमा पनि संकट, पार्टीको ह्वीप उल्लंघन भयो भन्दै यी सांसदहरु छुट्टै छलफलमा

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं-सामूहिक राजीनामा दिने बताएको नेपाल समूहले तत्काल राजीनामा नदिने बताएको छ । समूहभित्र सांसदहरुबीच नै कुरा नमिल्दा सामूहिक राजीनामा रोकिएको छ । अहिले सांसद पदबाट नै राजीनामा दिन नहुने पक्षका नेताहरु छुट्टै छलफलमा छन् ।

घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता राजीनामाको विपक्षमा रहनुभएको छ । आफ्ना समूहका प्रभावशाली नेताहरु नै विपक्षमा भएपछि नेपालले निर्णय गर्न नसक्नुभएको हो ।

नेपाल पक्षका सांसदहरूको बैठकमा पनि घनश्याम योगेश पक्षले राजीनामा दिन नहुने बताएको थियो । केही सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिएपछि संसद बैठकमा अनुपस्थित हुने भनेर नेताहरु उठेका थिए ।

त्यस लगत्तै माधव नेपाल पक्षकै घनश्याम योगेश लगायतका नेताहरु अलग्गै बैठकमा रहनुभएको छ । विश्वासको मत लिने बैठकमा पार्टीको ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु कानुनी कारवाहीको विषय भएकाले बैठकमा गएर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने दबाब यी नेताहरुमाथि छ ।

माधव नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेता कुनै पनि हालतमा केपी ओलीसँग रहन नसकिने भन्दै राजीनामा दिएर नयाँ पार्टी गठनको प्रक्रियामा जानुपर्ने पक्षमा छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu