ह्वीप नमानेर अनुपस्थित हुने सांसदहरूलाई कानुनअनुसार कारबाही हुन्छ: नेम्वाङ
काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको संसद बैठकमा उपस्थित नहुने सांसदहरूलाई कानुनअनुसार कारबाही हुने बताउनुभएको छ ।
एमाले नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि गरे सगैं गर्दै ह्वीपको उल्लंघन भएको बताउनुभयो ।
ुआज सबै सांसदहरूलाई उपस्थित हुन र प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप लगाइएको छ। बैठकमा अनुपस्थित हुनु भनेको पनि विपक्षमा मतदान गर्नुजस्तै हो,’ नेम्वाङले भन्नुभयो ।
नेपाल पक्षका सांसदले उपस्थित नहुने निर्णय गरिसके अब उनीहरूलाई के कारबाही हुन्छ त भन्ने प्रश्नमा नेम्वाङले भन्नुभयो अनुमानका भरमा अहिले कोही अनुपस्थित होला भन्न म सक्दिनँ। आजको बैठक कति महत्वपूर्ण छ भन्ने त कोरोना संक्रमित भएका सांसदलाई समेत टेन्टमा राखेर मतदानको व्यवस्था मिलाइएको छ।उहाँले ह्वीप नमानेर अनुपस्थित हुने सांसदहरूलाई कानुनअनुसार कारबाही हुने बताउनुभयो ।