Connect with us
Kapilvast Forest

एमाले विभाजन भए माधव-झलनाथतिर लाग्छु :वामदेव गौतम

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तिर उभिने निचोड निकाल्नुभएको छ । गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेका हुन् ।

‘यदी उहाँ-खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,’ गौतमको भनाइ छ । तर अहिलेकै समानान्तर गतिविधिमा भने सामेल नहुने गौतमको भनाइ छ ।

 

तर अध्यक्ष केपी शर्मा ओलीतिर भने नउभिने पनि गौतमले प्रष्ट पार्नु भएको छ । ‘२ जेठ २०७५ अगाडिकै अवस्थामा एमाले सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली तयार हुनु भएन । त्यसैले म उहाँको साथमा छैन’, गौतमको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu