Connect with us
Kapilvast Forest

देउवाको नेतृत्वमा सरकार गठन गर्न हस्ताक्षर पुगेको दावी, राष्ट्रपतिसमक्ष मागदावी प्रस्तुत गरिँदै

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं-नेपाली काँग्रेसले प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत असफल हुने निष्कर्ष निकालेको छ । यससँगै ओली सरकार ढल्ने भएसँगै काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ।

काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार मध्यान्ह भएको छलफलमा ओलीले विश्वासको मत नपाउने निश्चित भएकाले अब काँग्रेसको नेतत्वमा सरकार बनाउने यसअघि कै सहमतिलाई अनुमोदन गरिएको नेता रमेश लेखकले बताउनुभयो । त्यसका लागि बहुमत सांसदको हस्ताक्षर पुगिसकेको र संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मागदाबी प्रस्तुत गरिने उहाँको भनाइ छ।

‘प्रधानमन्त्रीको अविश्वास प्रस्ताव फेल हुने सूचना आइसक्यो, विश्वासको मत फेल हुनेबित्तिकै राष्ट्रपतिसँग बहुमतको सरकार निर्माणका लागि मागदाबी प्रस्तुत हुनेछ’, लेखकले भन्नुभयो । उहाँले काँग्रेसबाट सभापति देउवा नै प्रधानमन्त्रीको उम्मेदवार भएको उहाँले स्पष्ट पार्नु भयो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले नयाँ सरकार गठनका लागि अवश्यक हस्ताक्षर पुगिसकेको दावी गनुृ भयो । ‘प्रचण्ड र देउवाको छलफलबाट संविधानको धारा ७६(२) अनुसार अगाडि बढ्ने समझदारी जुटिसकेको छ। हामीलाई विश्वास छ राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार निर्माणका लागि आह्वान गर्नुहुन्छ ।’

देउवालाई माओवादीसित जसपा र नेपाल पक्षले समेत सघाउने बताइएको छ । नेपाल समूहको आजै बसेको बैठकले नयाँ सरकार निर्माणमा सघाउने निष्कर्ष निकालेको थियो । सोही अनुसार नेपाल पक्षका सांसदले राजीनामा दिएका छैनन् भने ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu