Connect with us
Kapilvast Forest

शेरबहादुर देउवाको प्रस्तावलाई प्रचण्डको समर्थन

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन जनाउनुभएको छ । अब संविधानको धारा ७६ (२) को अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनुपर्ने देउवाको प्रस्तावमा प्रचण्डले समर्थन गर्नु भएको हो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भएकाले अब संविधानअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने प्रक्रिया अघि बढाउन माग गनुृ भएको थियो । देउवापछि बोलेका प्रचण्डले यही संसदबाट नयाँ सरकार बन्ने सम्भावना भएकाले आफू देउवाको प्रस्तावमा समर्थन रहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न पनि सुझाव दिनुभयो । संविधानको धारा ७६ मा सरकार गठनसम्बन्धी व्यवस्था छ। उक्त धाराको उपधारा २ मा संसदका दुई वा दुईभन्दा बढी दलले बहुमतको सरकार बनाउन सक्ने व्यवस्था छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu