काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनार्थ बोलाइएको संसदको विशेष अधिवेशनमा मतदान प्रकृया सुरु भएको छ।
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेसँगै विभिन्न दलका नेताहरुले आफ्नो धारणा राखेका थिए । सो क्रम सकिएपछि मतदानको प्रक्रिया सुरु भएको हो ।