नयाँ सरकार बनाउन लाग्छौं, जसपाले पनि साथ दिन्छ:वर्षमान
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत गुमाएसँगै बहुमतको सरकार बनाउने प्रक्रिया अघि बढाउने दलहरूले बताउनु भएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा भएको मतदानमा प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा ९३ मत मात्र पर्यो। प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो।
बैठकपछि बाहिरिँदै माओवादी केन्द्रका नेता वर्षमान पुनलले अब संविधानको धारा (७६) २ अनुसार सरकार बनाउने बताउनु भयो । सरकार बनाउन बहुमत पुग्ने उहाँको दाबी छ।
जसापको एक पक्षले मत नदिनुको अर्थ प्रधानमन्त्रीप्रति विश्वास नहुनु हो। उहाँहरूले पनि अब बनाउने सरकारमा सहयोग गर्नुहुन्छ’, पुनले भन्नु भयो ।माओवादीले यसअघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने बताइसकेको छ।