Connect with us
Kapilvast Forest

लेभान्टेसँग बराबरीमा रोकियो बार्सिलोना

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

एजेन्सी -स्पेनिस फुटबल लिग ला लिगाको उपाधि होडमा रहेको बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिन पुगेको छ । गएराति लेभान्टेको मैदानमा भएको खेलमा ३-३ गोलले बराबरी खेल्दै बार्सिलोना अंक बाँड्न बाध्य भएको हो ।

खेलको २५ औं मिनेटमा नै बार्सिलोनाले लियोनल मेसीको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ३५ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ५६ औं मिनेटमा लेभान्टेका गोन्जालो मेरेलोले गोल गरे । ५९ औं मिनेटमा मोरोलेसले गोल गर्दै लेभान्टेलाई बराबरीमा ल्याए ।

६३ औं मिनेटमा ओस्माने डेम्बेलेले गोल गर्दा बार्सिलोना अघि रह्यो । ८२ औं मिनेटमा सर्जियो लिओनले गोल गर्दै लेभान्टेलाई हारबाट जोगाए । बराबरी खेलेसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३६ खेलबाट ७६ अंक छ । शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिडको ३५ खेलबाट ७७ अंक छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ७५ अंक छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu