Connect with us
Kapilvast Forest

सुपर लिगमा ललितपुर र बुटवल भिड्ने

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं  -काठमाडौँमा जारी नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ ।-त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलको विजेताले फाइनल प्रवेशका लागि काठमाडौँ रेजर्ससंग खेल्ने छ ।

पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । यसअघि हिजो भएको प्रतियोगितको पहिलो क्वालिफायरमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै धनगढी फाइनलमा पुगेको छ ।

धनगढीसँग पराजित काठमाडौंले अब फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नेछ । इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगितामा पोखरा थन्डर्स, विराटनगर सिटी एफसी र चितवन भने बाहिरिएका छन् ।विजेताले ३५ लाख रुपैयाँ जित्ने प्रतियोगिताको फाइनल खेल जेठ १ गते शनिबार हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu