जेठ २ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने
काठमाडौँ — स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड १९ विरुद्धद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउने तालिका सार्वजनिक गरेको छ ।काेराेना भाइरसविरूद्ध पहिलाे मात्राकाे भेरोसेलको खाेप लगाएकाले काठमाडौं उपत्यकामा दोस्रो डोज जेठदेखि लगाउन पाउने भएका हुन।
दोस्रो चरणको कोभिड–१९ विरूद्धको खोप भेरोसेलको दोस्रो मात्रा जेठ २ गतेदेखि लगाइनेछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णय अनुसार स्वास्थ्य कार्यालय, काठमाडौंबाट खोप लगाउनेबारे सूचना सार्वजनिक भएको हो ।
खोप काठमाडौं महानगरपालिका, किर्तिपुर,चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, टोखा, बुढानिलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाका खोप केन्द्रमा लगाइनेछ ।खाेप १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरूलाई लगाइने छ ।
