बुटवल कोरोना विशेष अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु
बुटवल-रुपन्देहीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।गएरातिबाट आज बिहानसम्म बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप ६ संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा ५ जना रुपन्देहीका र एक जना पाल्पाका रहेको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा पाँच पुरुष र एक महिला छन्। मृतकमा ७०, ५७, ३८, ३५ ४४ र ५२ वर्षका रहेको डाक्टर गौतमले बताउनुभयो । उनीहरूमध्ये पाँच जना अस्पतालको आकस्मिक कक्ष र एक जना एचडीयूमा उपचाररत थिए।