Connect with us
Kapilvast Forest

हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं:घनश्याम भुसाल

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

ghanshyam

काठमाडौं-एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने उद्घोष गनुृ भएको छ । आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफूहरुलाई राम्ररी थाहा भएको भन्दै भुसालले ओलीविरुद्ध संघर्ष जारी राख्ने बताउनुभएको हो ।

एमालेको झलनाथ खनाल –माधव नेपाल समूहका नेता भुसालले पार्टीमा छलफल गरेर उपयुक्त निर्णय गरेर अघि बढ्छौं ओलीसँग आत्मसमर्पण गर्दैनौं उहाँले भन्नुभयो ।’

वैशाख २७ गते ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिँदा खनाल–नेपाल समूहका २८ सांसदले बैठक बहिस्कार गर्दै ओलीलाई पदमुक्त गर्न महत्वपूर्ण भूमिका लेल्नुभउको थियो । त्यसयता ओली समूहले नेपाल समूहलाई कारबाही गर्ने चर्चाका बीच नेता भुसालले आफूहरु अडानमा अडिग रहेकाले ओलीसामू आत्मसमर्पण नगर्ने बताउनुभउको हो ।

यस्तै नेता भुसालले सामाजिक सञ्जालमा समेत विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद भएपनि आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफुहरुलाई राम्ररी थाहा भएको बताउनुभएको छ ।
‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ’, भुसालको भनाइ छ ।

उहाँले विगतमा प्रचण्डलाई गाली गरेर जबरजस्त पार्टी विभाजनतिर लैजानेहरु अहिले फेरि झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई पनि विभाजित गर्ने प्रयास गरेको बताउनुभएको छ ।हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो ।

आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ’, उहाँले भन्नुभयो , ‘आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सीएका छन् भन्ने दावीको खण्डन हुँदैन ।’

खनाल–नेपाल समूहले २०७५ जेठ २ अघिको अवस्थामा ओली फर्किनुपर्ने माग उठाउँदै आएको छ । सो अडानमा ओली असहमत नहुँदा पार्टी विभाजित अवस्थामा पुगेको छ भने थप कदम चाल्ने चेतावनी नेपाल समूहले दिँदै आएको छ।

मंगलबार समेत भावी रणनीति बनाउन र पछिल्लो घटनाक्रमको समीक्षा गर्न नेपाल समूहको भर्चुअल बैठक बसेको थियो । सो बैठकमा ओलीलाई विश्वासको मत नदिएर उपयुक्त निर्णय भएको विष्लेषण गरिएको थियो ।

‘हामीले पछिल्लो राजनीतिक अवस्थाको सामान्य समिक्षा गर्यौ, त्यसमा ओलीलाई विश्वासको मत नदिने देखि अव हुने राजनीतिक समीकरण लगायतका विषयमा छलफल भयो’ स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्, ‘अहिले पनि नयाँ सरकार बन्न नदिन ओलीलाई भारतले अझै टेको दिन खोजेको हो कि भन्ने हाम्रो आशंका रह्यो ।’

त्यस्तै छलफलमा ओली पदमुक्त भैसकेको अवस्थामा कसरी जाने भनेर अन्य दलको भूमिका र आवश्यक्ता अनुसार निर्णय गर्ने नेताहरुले जोड दिनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu