Connect with us
Kapilvast Forest

देउवा र प्रचण्ड एमाले फुटाउन लागिपर्नु भएको छ:एमाले नेता बस्नेत

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

mahesh-basnet.jpg

काठमाडौं-नेकपा एमालेका नेता महेश बस्नेतले शेरबहादुर देउवा र प्रचण्ड एमाले फुटाउन लागिपरेको आरोप लगाउनुभएको छ ।आफ्नो सत्ता–स्वार्थका लागि कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो पार्टी एमाले र जनता समाजवादी पार्टी फुटाउन लागिपरेको आरोप ओलीपक्षीय नेता थापाले लगाउनुभयो ।

थापाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रश्न गनुृ भएको छ , ‘अर्काको पार्टी फोर्न हुन्न भनेर आदर्शका कुरा गर्ने देउवा, प्रचण्ड, रामचन्द्रहरू रातारात जनता समाजवादी पार्टी फोर्न किन लाग्नुभएको छ रु राति राति अबेरसम्म किन माधव नेपाल र भीम रावल भेटिरहनुभउको छ

यस्तो छ, उहाँको व्यक्तको पूर्ण पाठ :

रकारले दल बिभाजन सम्बन्धि अध्यादेश लेउन खोज्दा २ वटा प्रश्न उठाइयो एउटा आफ्नो पार्टीको बिभाजन गर्न र
दोर्सो अर्काको पार्टी फोर्न र सांसदरुलाइ अनुचित प्रभावमा पार्न प्रधानमन्त्रीले प्रयास गर्नुभयो। अझ भन्नू पर्दा मन्त्री खान कुर्ता सुरुवाल लगाएर घरमा श्रीमती संग बिदा भएर टीका लगाएर आएका डा सुरेन्द्र यादबलाइ अपहरण गरियो।
आज बर्तमान सरकारले बिस्वासको मत लिने र संबिधानको धारा ७६(२) को सरकार बनाउने प्रक्रिया अगाडि बडदा यी प्रश्न उठाउने मित्रहरुलाइ नैतिकताको गम्भीर प्रश्न उठेको छ। यसको जबाफ निर्ममताका साथ दिनै पर्दछ।
१) राजनीति बिचार, आस्था र बिस्वासको कुरा हो कुनै नेता या पार्टी मन नपर्दा छुट्टिन पाउनु पर्दछ। यो लोकतान्त्रको सुन्दर पक्ष हो। तसर्थ यसलाइ प्रचण्ड संग मिलेर दाउपेचको राजनितीको विषय गर्ने क माधब नेपाल आफ्ना सांसदहरुलाइ राजिनामा दिने तहमा पुग्नु भयो। प्रधानमन्त्रीले ल्याएको अध्यादेशलाइ पास गरेको भए सांसदहरुको यो हालत हुनेथिएन कि !
२) आज प्रचण्ड,बाबुराम र उपेन्द्र यादबलाइ प्रधानमन्त्री के पी ओलीलाइ नहटाइ भएको छैन। रामचन्द्र पौडेलको दबाबमा कांग्रेसलाइ सत्ताको नेतृत्व नलिभएको छैन।
तसर्थ अर्काको पार्टी फोर्न हुन्न भनेर आदर्शका कुरा गर्ने देउबा, प्रचण्ड, रामचन्द्रहरु रातारात जनता समाजबादी पार्टीफोर्न किन लागेका छन! राती अबेर सम्म किन माधब नेपाल र भिम रावल भेटिरहेको छन।
३) आज बाबुराम र उपेन्द्र यादवहरुले महन्त ठाकुर र राजेन्द्र महतोलाइ समर्थन गर्ने तीन जना साँसदहरुलाइ कहाँ लुकाएर राख्नु भएको छ? के तिनीहरु अपहरणमा परेका होइनन? लुम्बिनी प्रदेशका सांसदहरूलाइ घरी एउटा निर्णय घरी अर्को निर्णय गरेर पार्टीको कुनै निर्णय बिना फेक हस्ताक्षर गरेर चार जना साथीहरुको सांसद पद खाएर कसको स्वार्थको लागि कस्को सेवा गरिरहनु भएको छ? बाबुरामको मनमा लुकेको प्रधानमन्त्रीको चहना र उपेन्द्रको मनमा रहेको उप प्रधानमन्त्री र शक्तिशाली मन्त्री पाउने सत्ता स्वार्थको लागि यस्त हर्कत किन गर्नु भएको छ?
५) कांग्रेस सभापति देउबालाइ ०५२ सालमा सांसद किनबेच देखी अनेक बिकृतिको दाग लागेकै हो। अब फेरि सांसद खरिद बिक्री प्रक्रिया र पद (मन्त्री) बाँडने काम सुरु भएको छ। त्यो कुकर्म तिर लाग्दा काँग्रेसको लोकतान्त्रिक छवि र कतिपय युवा सथीहरुको सिलिबेट्री बन्ने नाटकिय प्रवृत्ति नङ्गिदैन र ?
६) प्रधानमन्त्रीले स्पष्ट भन्नुभएको छ । म सत्ता टिकाउन कुनै हर्कत गर्दिन। मेरो बिरुद्ध बहुमत पुग्दा विपक्षमा बस्न तयार छु। मेरो पक्षमा बहुमत पुगे शुख, समृद्धि र कोबिड विरुद्धको अभियानमा लाग्नेछु, कतै पनि बहुमत नपुगे छिटो निर्वाचनमा जाँउ।
अबको परिस्थितिलाइ सहज ढङ्गले टुङ्गाउ अनि कोबिड बिरुद्ध अभियानमा सबै राजनैतिक दलहरु लागौं।
यो नै आजको आबास्यकता होइन र?
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu