Connect with us
Kapilvast Forest

निषेधाज्ञामा तीन गुणा बढी भाडा लिने पक्राउ

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं-उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढि भाडा लिई ठगी गर्नेलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

बुधबारपनि २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ बर्षिया हृदय नारायण साह रहेको प्रहरीले जनााएको छ । साहले ना ६ ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तिन गुणासम्म बढि भाडा लिएको । त्यस्तै गंगबुबाट बर्दियाका ३५ बर्षिया कृष्ण चौधरीलाई समेत आज ट्राफिक प्रहरीले पक्राउ गरी प्रहरी बृत्त बालाजुमा बुझाएको छ ।

पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति ब्यक्ति पच्चीस सयदेखी तिन हजारसम्म लिने गरेको प्रहरीले जनाएको छ । उनले ना ७ ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुसँग बढि भाडा लिएको पाइए पछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।

दैनिकजसो बढि भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निग्रानी गरि हालसम्म महाशाखाले अठ्ठाइस जनालाई पक्राउ गरि कारबाहिको दायरामा ल्याएको महाशाखाले जनाएको छ ।

महाशाखले निषेधाज्ञा लागु भएपश्चात बढि भाडा लिई यात्रु ठग्ने बिरुद्ध कारबाही अभियान संचालन गरि छुट्टै डेडिकेटेड टिम समेत परिचालन गरिएको छ । टोलीले सुचना संकलन गर्ने, निग्रानी गर्ने, यात्रु बनी भाडा बार्गेनिङ्ग गर्ने, गोप्य रुपमा बुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।

हामी निरन्तर अनुगमन एब गोप्य निग्रानी गरिरहेका छौं, तोकिएको भन्दा बढि भाडा लिएको पाइए जोसुकैलाई नियन्त्रणमा लिन्छौं, पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु समेत बढि भाडा लिएको कसुरमा पक्राउ परेका उहाँले जानकारी दिनुभयो ।निषेधाज्ञा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यसरी यात्रु ठग्नेलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu