गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः गुरुङ नियुक्त ,सपथ लिने तयारी
कास्की- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त हुनुभएको । गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गर्नु भएको हो । गुरुङलाई आजै सपथ गराउने तयारी छ ।
कांग्रेस माओवादी र जनता समाजवादी पार्टीले नयाँ सरकारका लागि गठबन्धन बनाएपनि राष्ट्रिय जनमोर्चाका सांसद तटस्थ बस्ने भएपनि बहुमत नपुगेको हो ।
विपक्षी गठबन्धनको बहुमत नपुगेपछि गुरुङले संविधानको धारा १६८ ९३० अनुसार ठूलो दलको संसदीय दलको नेताका रुपमा सरकारको नेतृत्व गर्नु हुने छ । उहाँ फेरी ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ ।विपक्षी गठबन्धनलाई राष्ट्रिय जनमोर्चाका दुई सांसदले साथ नदिएपछि गुरुङ पुनः मुख्यमन्त्री बनेन्नुभउको हो ।