Connect with us
Kapilvast Forest

ओलीलाई रोक्न हामीले राजीनामा गर्नुपर्छ : रावल

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

bhim.jpg

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः सत्तामा पुग्‍नबाट रोक्न आफूहरुले राजीनामा दिनु उपयुक्त हुने बताउनु भएको छ ।

कांग्रेस र माओवादी केन्द्रलाई बहुमत जुटाएर सरकार बनाउन सकस भइरहेका बेला रावलको यस्तो भनाइ आएको हो । उहाँ थप राष्ट्रिय हित, पार्टी विधान र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक रहेको उल्लेख गर्नु भएको छ।

असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छु, बुधबार ट्वीट गर्दै रावलले लेख्नु भएको छ ुत्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिती निर्माण गर्नुपर्छ, यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’एमालेको नेपाल–खनाल समूहका सांसदले राजीनामा दिए कांग्रेस(माओवादी गठबन्धनलाई बहुमतको सरकार गठन गर्न सहज हुन्छ।

 

Bhim Rawal, PhD
@BhimRawal179

35m

असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu