Connect with us
Kapilvast Forest

हुण्डी कारोबारमा संलग्न तीन भारतीय र एक नेपाली ८२ लाख रूपैयाँसहित पक्राउ

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं-हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले चार जनालाई ८२ लाख रुपैयाँसहित पक्राउ गरेको छ।
बुधबार दिउँसो १ बजे प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर(३ आदर्शनगरबाट चार जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार प्रहरीले सो ठाउँमा अवैध वित्तीय कारोबार ९हुण्डी० भइरहेको सूचना पाएको थियो।

सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको खनालले बताउनु भयो ।
पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय कलामुद्दिन अन्सारी, भारत बिहारका २७ वर्षीय विकास कुमार, २२ वर्षीय गुड्डुकुमार र १८ वर्षीय साहिल गुप्ता छन्।

डिएसपी खनालका अनुसार प्रहरीले अन्सारीको झोलामा हेर्दा २५ लाख फेला पारेको थियो।त्यस्तै, विकास कुमारमा छानविन गर्दा दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र ५७ लाख ५० हजार फेला पारेको हो।

उनीहरूको ना.८प.४८९७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। उनीहरूले रकमको स्रोत खुलाउन नसकेपछि रितपूर्वक पक्रउ गरिएको खनालले बताउनु भयो ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनु भयो ।

दोस्रो चरणको कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी बन्दाबन्दीको स्थितिमा पनि हुण्डी कारोबार हुने गरेको यो घटनाले देखाएको छ,’ खनालले भन्नु भयो , ‘अवैध गतिविधि रोक्नका लागि प्रहरीले आवश्यक काम गर्ने सिलसिलामा यस्तो फेला परेको हो।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu