Connect with us
Kapilvast Forest

रूपन्देहीमा निषेधाज्ञा जेठ १३ गतेसम्म थपियो

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

वुटवल-कोरोना संक्रमितको संख्या दैनिक उकालो लाग्दै गएपछि रूपन्देहीमा निषेधाज्ञाको समय अवधि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बुधबार जेठ १३ गतेसम्मलाई निषेधाज्ञाको समय थप गरेको हो।

यसअघि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि बुधबार राति १२ बजे सकिदै थियो। तर दैनिक कोरोना संक्रमित थपिदै गएपछि बुधवार बसेको डिसीसीएमसीको बैठकले दुई साता निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिनुभयो ।

निषेधाज्ञाको अवधिमा सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला ब्यवस्थापन, ईन्धन, एम्बुलेन्सलगायत औषधि र स्वास्थ्यकर्मी बोकेका अत्यावश्यक सेवाका साधनबाहेक अरू सबै सवारी साधन सञ्चालनमा रोक लगाईएको छ।त्यस्तै अत्यावश्यक वस्तुका पसलबाहेक अन्य पसल समेत यो अवधिमा बन्द गर्ने निर्णय गरिएको थापाले जानकारी दिनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu