Connect with us
Kapilvast Forest

कपिलवस्तुमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय पुग्यो

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु-कपिलवस्तुमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको ज्यान गएसंगै मृत्यु हुनेको एक सय पुगेकोे छ ।पछिल्लो २४ घण्टामा मृत्यु हुने मध्ये शिवराज नगरपालिकाका ३ जना, बुद्धभूमि नगरपालिकाका र कपिलवस्तु नगरपालिकाका एक- एक जनाको कोरोना संक्रमणले मृत्युरहेको कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनुभयो ।अन्यको तथ्याङ्क संकलन भैरहेको उहाँले बताउनुभयो ।

यस्तै जिल्लामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भए संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ भने आजै ७६ संक्रमित कोरोनामुक्त भएका छन् ।

कोरोना संक्रमण संक्रमितको संख्या बढे पछि कपिलवस्तुमा १० दिनकालागि निषेधाज्ञा थपिएको छ । गत बैशाख २० देखि ३१ गते सम्मकालागि निषेधाज्ञा जारी रहेको अवस्थामा १० दिनकालागि पुनः थपिएको हो । बुधवार प्रशासन कार्यालयमा बसेको कोरोना संकट ब्यवस्थापन केन्द्र ( डिसिएमी ) ले गरको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj