उहाँहरुको दोश्रो पटकको परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि बुधबा। डिस्चार्ज हुनुभएको हो ।उहाँहरुको सोमबार गरिएको परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
यसैबीच पुर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार आइरहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।गत साता अक्सिजन लेभल घटेपछि आइसियुमा उपचाररत पुर्वरानी कोमलको स्वास्थ्य अवस्थामा सुधार आएपछि वार्डमा सारिएको हो ।
उहाँको दोश्रो पटक कोरोना परिक्षण भने केही दिनमा गरिने भएको छ ।पूर्व राजदम्पती भारतमा आयोजना गरिएको कुम्भ मेलामा सहभागी भई नेपाल फर्के लगत्तै कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना गरिएको हो ।