Connect with us
Kapilvast Forest

गाउँको कोरोना अस्पतालमा ’एमविविएस’ डाक्टर

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

प्यूठान- प्यूठानको नौबहिनी गाउँपालिका–६ स्थित बहाने स्वास्थ्य ईकाईमा एमबिबिएस डाक्टरले सेवा दिँदा बिरामीलाई सहज भएको छ। गाउँपालिकामा कोभिड अस्थायी अस्पताल स्थापना भएपछि गत बैशाख २० गतेदेखि एमबिबिएस डाक्टर मिलन भण्डारी आउनुभएको छ।

कोभिड १९ र अन्य रोगका बिरामीहरुलाई गुणस्तरिय उपचारसेवाका लागि गाउँपालिकाले एमविविएस डाक्टर नियुक्त गरेको नौबहिनी गाउँपालिका अद्यक्ष शिव रिजालले जानकारी दिनुभयो। ’

उहांले भन्नुभयो, ’नियमित बसेर सेवा दिने गरि गाउँमा डाक्टर नियुक्त गरेका हौँ, बिशेषज्ञ डाक्टरले सेवा दिन थालेपछि सेवाग्राहीको संख्या पनि बढेको छ। बहाने स्वास्थ्य ईकाईको भवनमा छ शैया क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्बाधार र सामग्री व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष रिजालले बताउनुभयो।

गाउँमै चिकित्सकीय सेवा पाउँदा सजिलो भएको स्थानीय महेश थापाले बताउनुभयो। क्याप्सन ः चिकित्सकलाई स्वागत गर्दै नौबहिनी गाउँपालिका अध्यक्ष शिव रिजाल ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu