Connect with us
Kapilvast Forest

प्यूठानमा १ हजार २ सय ४५ जनाले जिते कोरोना

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

प्यूठान- प्यूठानमा पछिल्लो समय कोरोनालाई परास्त गर्नेहरुको संख्या पनि बढेको छ। बुधबार सम्म जिल्लामा १ हजार २ सय ४५ जनाले कोरोनालाई जितेका छन्।

जिल्लामा सुरुदेखि हालसम्म पिसीआर परिक्षण विधिबाट ६ हजार ८ सय २६ जना र एन्टीजिन किट मार्फत १ हजार ६ सय ४५ जनामा गरी कुल ८ हजार ४ सय ८० जनामा कोभिड -१९ परिक्षण गरिएको थियो।

परीक्षण मध्ये १ हजार ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार बुधबार सम्म जिल्लामा ५ सय ४५ जना सक्रिय संक्रमित थपिएका छन् भने हालसम्म जिल्लामा कोरोनाबाट ३१ जनाको निधन भईसकेको छ।

जिल्लामा २२ जना कोरोना संक्रमितको उपचार भैरहेको छ। १९ जनाको जिल्ला स्तरीय आईशोलेशन सेन्टर विजुवार र ३ जनाको माण्डवी गाउँपालिकाको आईसोलेशन सेन्टरमा उपचार चलिरहेको छ। माण्डवीमा अक्सिजन् अभाव हुँदा हिजो साँझ ४ जना कोभिडका बिरामी जिल्ला आईसोलेशनमा रिफर गरिएको माण्डवी स्वास्थ्य शाखा प्रमुख धुर्बकुमार पाख्रेलले जानकारी दिनु भयो । ‘हिजो देखि नै अक्सिजन अभाव भयो।’

पोख्रेलले भन्नु भयो , ‘बिरामीको स्वास्थ्य अवस्था गम्भिर भएपछि बिजुवार पठायौं।’ आज साँझ सम्ममा भर्न पठाइएका अक्सिजन सिलिन्डर आइपुग्ने उहाँले    जानकारी दिनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय प्यठानले एन्टीजिन किट अभाव हुँदा परिक्षणको दायरालाई खुम्च्याउन परेको बताएको छ। किट अभाव पूर्ति गर्न सरोकारवाला निकायहरुलाई खबर गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लामा कोरोना परिक्षण प्रभावकारी बनाउन सम्बन्धित ठाउँमा पहल भैरहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनु भयो ।

‘५ हजार थान एन्टीजिन किट तथा १ सय थान अक्सिजन सिलिन्डर माग गरेका छौं।’ भुसालले भन्नु भयो  , ‘केही स्थानीय तहहरुले एन्टीजिन किट खरिद समेत गरि सकेका छन्।’

प्रदेस तथा केन्द्र स्थित स्वास्थ्य मन्त्रालय तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने विभागिय मन्त्रीहरुलाई डीसीसीएमसी कै बैठकबाट गरेका निर्णय सहित सहयोगका लागि अनुराेध गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले   बताउनु भयो ।

‘हामीले सहयोग पाउने आश्वासन पाएका छौं।’ भुसालले भने, ‘जिल्लामा १ सय १ थान अक्सिजन सिलिन्डर व्यवस्थापन गरेका छौं, कोरोना हाम्रो नियन्त्रण देखि बाहिर छैन।’

जिल्लामा कोरोना रोकथाम, उपचार तथा नियन्त्रण गर्न ८८ जना क्षमताको आईशोलेशन बेड तयार भई उपचार समेत सुरु गरिसकिएको र थप ५० बेडको आईसोलेशन सेन्टर बनाउन लागि परेको उनले जानकारी दिनु भयो ।

जिल्ला स्तरीय आइशोलेसन व्यवस्थापन समितिका संयोजक एवं प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले नगरपालिका र प्यूठान अस्पतालका गरी डाक्टर सहित १२ जना स्वास्थ्यकर्मीको टोली खटेको जानकारी दिनु भयो ।

प्यूठान नगरपालिकाले आइशोलेसन केन्द्रमा १० लाख र सवै अन्य स्थानीय तहले दुई÷दुई लाख रुपैँया सहयोग संकलन जारी रहेको   बताउनु भयो ।

जिल्लाका विभिन्न संघ संस्था र व्यक्तिहबाट अक्सिजन सहयोग गर्ने क्रम जारी रहेको उहाँले बताउनु भयो । दुई दुई पटकको महामारीबाट सिकेको पाठले अवका नीति बजेट तथा कार्यक्रमहरु जनस्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर विनियोजन गर्नुपर्ने कक्षपतीले आग्रह गर्नु भयो ।प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीको संयोजकत्वमा जिल्लामा अक्सिजन आपूर्ति व्यवस्थापन समिति गठन भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu