प्रिमियर लिगः चेल्सी आर्सनलसँग पराजित
एजेन्सी – गएराति भएको प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई १-० गोलले पराजित गरेको छ । चेल्सी आफ्नै घरेलु मैदानमा पराजित भएको हो । आर्सनललाई जित दिलाउन एकमात्र गोल इमिली स्मित रोयले गर्नु भएको थियो ।
उहाँले खेलको १६ औँ मिनेटमा गोल गर्नु भएको थियो । यो जितसँगै आर्सनलको ३६ खेलमा ५५ अंक भएको छ । आर्सनल लिग तालिकाको आठौँ स्थानमा रहेको छ । त्यस्तै चौथो स्थानमा रहेको चेल्सीको ६४ अंक रहेको छ ।