Connect with us
Kapilvast Forest

एट्लेटिको मड्रिड ला लिगाको उपाधि नजिकै

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

एजेन्सी – स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड विजयी भएको छ ।गएराति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ गोलले हरायो । जितसँगै एट्लेटिकोको ८० अंक भएको छ र दोस्रो स्थानमा बार्सिलोना भन्दा ४ अंकले अघि छ । हिजोको जितले एट्लेटिको उपाधि नजिकै पुगेको छ ।

अब २ खेल जितेमा एट्लेटिको च्याम्पियन हुनेछ । एट्लेटिकोले सन् २०१४ यता उपाधि जितेको छैन् । उपाधि होड रोमाञ्चक भइरहेको ला लिगामा ७५ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा रहेको छ ।

यस्तै इङ्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई १–० गोलले हराएको छ । आर्सनलको लागि स्मिथ रोवले गोल गरे । आर्सनल ५५ अंकका साथ आठौँ स्थानमा छ, चेल्सी ६४ अंकसहित चौथो स्थानमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu