Connect with us
Kapilvast Forest

स्वास्थ्य सामग्री सहयोगका लागि चीनसँग नेपाली नागरिकहरुको अपिल

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

 
काठमाडौं –कोरोना सङ्क्रमणको महामारीले नेपालको स्वास्थ्य क्षेत्र संकटपूर्ण अवस्थामा पुगेपछि नेपाली नागरिकका प्रतिनिधिहरुले छिमेकी मुलुक चीनलाई सहयोग गर्न अपील गरेका छन् ।

नेपालीहरुको तर्फबाट पत्रकार, लेखक, कलाकार, समाजसेवी, प्राध्यापक, व्यवसायीलगायतले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीमार्फत् चीनसँग सहयोग मागेका हुन् ।

नेपाली नागरिकका तर्फबाट, हामी चीन सरकार र चिनियाँ नागरिकलाई पुनः एक पटक नेपालको भयावह स्वास्थ्य अवस्था सुधारका निम्ति आफ्ना सहयोगी हात अघि सार्न विनम्र अनुरोध गर्दछौं, नेपाली नागरिकहरुको तर्फबाट राजदूत यान्छीलाई बुझाइएको संयुक्त अपीलमा लेखिएको छ ।

‘जागरुक नागरिकहरु’ भनेर ८६ जनाको नाम उल्लेख गरिएको संयुक्त अपीलमा विगत केही सातायता नेपालमा कोभिड–१९ संक्रमितको संख्या १२ सय प्रतिशतले बढेको र परीक्षणमा पोजेटिभ देखिनेको दर लगातार पचास प्रतिशतभन्दा बढी रहँदै आएको उल्लेख छ ।

आगामी महिनाहरूमा अझै कठीनपूर्ण संघर्ष गर्नुपर्ने निश्चित रहेको र सम्भावित मानवीय विपतसँग जुध्न नेपाललाई कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्रीको सहायता चाहिएको अपीलमा उल्लेख छ ।

नेपालमा स्वास्थ्य जनशक्ति र अग्रपंक्तिमा रहेर रहेर काम गर्नेको संख्या देशभर अपुग छ भने देशको स्वास्थ्य पूर्वाधार नाजुक अवस्थामा आइपुगेको जानकारी पनि चीन सरकार र चिनियाँ नागरिकलाई गराइएको छ ।चीनले अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अपुग भएको र नेपालका जम्मा एक प्रतिशत जनसंख्याले पूर्ण–खोप (दुवै डोज) लगाउन पाएको भन्दै थप खोप उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu